गजल



अनगिन्ती ताराबीच जुनको के कुरा,
चाँदी नचिन्ने मान्छेलाई सुनको के कुरा

हाम्रो प्रेमको यात्रा कथा जस्तै भयो,
संगीत नसुन्ने मान्छेलाई धुनको के कुरा

चाहन्छु त मलाई भन्थिन उनि सधैं,
कोशेली नलिने मान्छेलाई सगुनको के कुरा

बिर्सि गइन मलाई छाडी आज कहाँ,
दुध पनि नचिन्नेलाई खुनको के कुरा

उनको लागि मरें म मेरो लागि उनि पनि,
किरिया बसेको "रोहित्" लाई नुनको के कुरा


(मित्र रोहित जि ले मेल मार्फत पठाउनु भ्एको गजल)

1 comment:

Amrit pun said...

nice gajal. aaj kal kaa naani haru ko k kuraa.. saraho chot pareko jasto chha ni?rohit g lai...