दशैको शुभ कामना



बिजया दशमी २०६६ सालको हार्दिक मंगलमय शुभ कामना ब्यक्त गर्दछु सम्पूर्ण ब्लगर मित्रहरु अनी ब्लग हेर्नु हुने पढ्नु हुने मित्र हरुमा।
अहिले त तपाईं हाम्रो गाउँ शहरमा दशैको रम् झम होला किन्मेल गर्ने को घुइचो होला शपिङ सेन्टर अनी हाट बजारमा। अहा गाउँ का घरहरु सेतो कमेरो अनी रातो माटोले पोतियको होला अनी ठाउँ ठाउँ मा पिङ हाल्न कसिदै होलान गाउँ का तन्नेरिहरु। लौत मित्र हरु यो बडा दशैलाई हर्सोउल्लास्का साथ मनाउनुहोस् खुब रमाउनुहोस् पिङ खेल्नुहोस् ठुला बडा को आशिस थाप्नुहोस्। बुडा पाकाले देको आशिस त लाग्छ रे अनी सबैले आशिस थाप्दा देशको लागि पनि केही आशिस माग्नुस् ल। अहिले त यस्तै भयो अर्को दशै मिलेर सँगइ मनाउला, रमाउला अनी सँगइ पिङ खेलौलानी
*माता दुर्गा भवानिले हामी सबैको मनोकामना पुरा गर्दिउन *