
गन्तब्यहिन यात्री भएछु
बाटो पहिल्याउन खोजिरहेको।
घरी घरी चौबाटोमै
देख्छौ बाटो सोधिरहेको ।
एउटा यात्री पचछाइ हिंडे
गन्त्बय मा पुग्छु भनी
चौबाटोमै फर्की आयो
मजस्तो नै रहेछ त्यो नि ।
हटाइदेउ बाटो को कुहिरो कोही
लछ्य कतै देखिन्छ्की ।
कुहिरो सबै फाटी गय
गन्त्ब्य नि भेटिन्छकी ।।