बुज्नेले मात्र बुजेको हुन्छ, आसुँ को मुल्य कती हुन्छ ।
यो रुवाइ खोइ भोक को हो कि आमाको खाक को हो मन त मनै हो सानो को पनि

आखिर मनै हो पग्लिहाल्छ अनी गालाको बाटो गरेर बहन थाल्दो रहेछ।
शरीर र काम कठोर भय पनि मुटु त कोमल नै हुन्छ हाम्रो पनि

आफन्त बाट छुटेर रोय कि एक छाक खानु को लागि रोय
आसुँ त त्यहाँ पनि त्यही झर्दो रहेछ, मन त्यसरी नै दुख्दो रहेछ
अनी कोही सबै जना लाई छोडेर टाढा गयपछी को रुवाइ




हाम्रो पनि त मनै हो कहिले काही दुख्छ मुटु बिजाउछ,अनायसै तातो आसु ले गाला भिजाउछ

मान्छे थरी थरी का अनी दु:ख थरी थरी को
तर मन त सबैको दुख्दो रहेछ अनी पग्लियको मन एउटै बाटो गरेर बहदो रहेछ
2 comments:
केही नहुने मात्र हैन सबै हुनेहरु पनि रुदा रहेछन् यही संदेश दिएको छ तपाईको संगालो ले। रुनुको एउटै कारणहरु मानसिक दबाब हुनु तर फरक छ त दबाबको: भोकको शोकको, बिछोडको हासोको आदि आदि।
हो नि हुने पनि रोएका छन् नहुने पनि रोएका छन् | सबै सानै सबै चिज हुन्न धन हुने संग मन, माया नभए जस्तै मन हुने संग धन नभए जस्तै, एउटा छ त अर्को हुन्न | हुन्छ त केवल आँसु, जो संग पनि
Post a Comment