Showing posts with label कबिता. Show all posts
Showing posts with label कबिता. Show all posts

उनिलाई ...(?)


आँखा भरी आसुँ बोकी
कसरी म हासु
छिनिसकेछ प्रित मेरो
खोइ कसरी गासु

हार जती सबै मलाई
जित तिमीलाई परेछ
जुनी भरिलाई लायको माया
कसरी बसाइ सरेछ

यात्री




गन्तब्यहिन यात्री भएछु
बाटो पहिल्याउन खोजिरहेको।

घरी घरी चौबाटोमै
देख्छौ बाटो सोधिरहेको ।

एउटा यात्री पचछाइ हिंडे
गन्त्बय मा पुग्छु भनी

चौबाटोमै फर्की आयो
मजस्तो नै रहेछ त्यो नि ।

हटाइदेउ बाटो को कुहिरो कोही
लछ्य कतै देखिन्छ्की ।

कुहिरो सबै फाटी गय
गन्त्ब्य नि भेटिन्छकी ।।

तिमीनै भन ....



मन बाट तिम्रो याद हट्दैन त के गरु,
तिमीनै भन तिमी याद आउछेउ म के गरु।

चाहना छ कि तिमीलाई एकनजर हेरु,
किस्मत ले देखाउदैन त के गरु।

हेर्छु जहाँ तिमीनै नजर आउछेउ त के गरु,
हावाहरु पनि तिम्रै आवाज सुनाउछ त के गरु।

मैलेत सारा जिबन तिम्रो नाम गर्दिसके,
तिमी तेयो माया देख्दिनौ त म के गरु।

हरपल जलिरहे दीन रात पनि जली रहे,
तिमी दीप जलाइनौ त म के गरु।।