मन बाट तिम्रो याद हट्दैन त के गरु,
तिमीनै भन तिमी याद आउछेउ म के गरु।
चाहना छ कि तिमीलाई एकनजर हेरु,
किस्मत ले देखाउदैन त के गरु।
हेर्छु जहाँ तिमीनै नजर आउछेउ त के गरु,
हावाहरु पनि तिम्रै आवाज सुनाउछ त के गरु।
मैलेत सारा जिबन तिम्रो नाम गर्दिसके,
तिमी तेयो माया देख्दिनौ त म के गरु।
हरपल जलिरहे दीन रात पनि जली रहे,
तिमी दीप जलाइनौ त म के गरु।।