यात्री




गन्तब्यहिन यात्री भएछु
बाटो पहिल्याउन खोजिरहेको।

घरी घरी चौबाटोमै
देख्छौ बाटो सोधिरहेको ।

एउटा यात्री पचछाइ हिंडे
गन्त्बय मा पुग्छु भनी

चौबाटोमै फर्की आयो
मजस्तो नै रहेछ त्यो नि ।

हटाइदेउ बाटो को कुहिरो कोही
लछ्य कतै देखिन्छ्की ।

कुहिरो सबै फाटी गय
गन्त्ब्य नि भेटिन्छकी ।।

गजल



अनगिन्ती ताराबीच जुनको के कुरा,
चाँदी नचिन्ने मान्छेलाई सुनको के कुरा

हाम्रो प्रेमको यात्रा कथा जस्तै भयो,
संगीत नसुन्ने मान्छेलाई धुनको के कुरा

चाहन्छु त मलाई भन्थिन उनि सधैं,
कोशेली नलिने मान्छेलाई सगुनको के कुरा

बिर्सि गइन मलाई छाडी आज कहाँ,
दुध पनि नचिन्नेलाई खुनको के कुरा

उनको लागि मरें म मेरो लागि उनि पनि,
किरिया बसेको "रोहित्" लाई नुनको के कुरा


(मित्र रोहित जि ले मेल मार्फत पठाउनु भ्एको गजल)

नेपाली टूलबार


मलाई मन परेको टूलबार। आश छ तपाईं हरुलाई पनि मन पर्नेछ। यो टूल्बार download गर्न तलको लिन्क मा क्लिक गर्नुहोला । इन्टरनेट ब्राउज गर्दा लिङ्क खोज्ने झञ्झटबाट दिक्क भएका नेपाली अनलाइन प्रयोगकर्तालाई निकै सजिलो टुलबार हुने कुरमा म विश्वाशत रहेको छु । यो नयाँ टुलबार डाउनलोड गरेपछि सम्पूर्ण Antivirus,फ्री सफ्टवेर, ईंग्लिश युनिकोड बाट नेपाली टाईप , नेपाली टिभी सिरियल, भारतीय सिरियल, सबै नेपाली पत्रपत्रिका, नेपाली एफएम, डेटिङ वेवसाइट, एमपी थ्री म्युजिक, नेपाली मोडललगायत थुप्रै लिङ्कहरु भेटिनेछ । कुनै पनि लिन्क खोज्ने र टाईप नगरि आफुलाई चहिने साईट हरु हेर्न सकिने छ (माइ स्तुती टूलबार बाट साभार) मैले त गरीसके तपाईं पनि गर्नेकी....?
डाउ गर्नयहाँ क्लिक गर्नुहोस्